
पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पाले ६१ औं स्थापना दिवसको अवसरमा अर्थ संकलन कार्यक्रम गरेको छ ।
मानवीय सेवाको अभिप्रायले बाढी, पहिरो, आगलागी जस्ता विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अर्थ संकलन कार्यक्रम गरिएको रेडक्रस पाल्पाका जिल्ला सभापति बाबुराम कार्कीले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा रेडक्रसको जन्मदाता जाँ हेनरी ड्यूनाप्रति श्रद्धासुमन अर्पणसंगै अर्थ संकलन कार्यक्रम सुरु गरिएको हो । शाखाको राहत कोषमा जम्मा गर्ने गरी गरिएको कार्यक्रममा ५२ हजार ४ सय १५ नगद संकलन भएको शाखाका मन्त्री केशवराज नेपालले बताउनुभयो ।
सदरमुकाम तानसेनका ११ माध्यमिक विद्यालयका ५/५ जना विद्यार्थी, शिक्षक नायक र रेडक्रस पाल्पाका उपलब्ध कार्यसमितिहरुको सहभागितामामा भएको अर्थ संकलन कार्यक्रम बजारका मुख्य मुख्य चोकहरुमा समूह बनाएर गरिएको थियो ।