
पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले भवन निर्माणको काम ८५ प्रतिशत बढी सम्पन्न भएको छ । बाँकी काम सक्न निर्माण व्यवसायीलाई गाउँपालिकाले ६ महिनाको म्याद थपिदिएको छ । भवन निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र प्लास्टर र ररोगनको काम बाँकी रहेकोले पुष मसान्त सम्ममा गाउँपालिकालाई हस्तान्तरण गर्ने गरी म्याद थपिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।
सुविधा सम्पन्न प्रशासकीय भवन निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ बैशाखमा ठेक्का लगाइएको थियो । २०८० असार मसान्तमा निर्माण व्यवसायीले काम सकेर गाउँपालिकालाई हस्तान्तरण गर्नुपनेर् भएपनि काम सकिएको छैन । कोभिड १९ संक्रमण र संघीय सरकार मार्फत प्राप्त हुनुपनेर् बजेट समयमा निकासा नहुँदा निर्माणमा ढिलाई भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि भ्याट रकम सहित ६ करोड ६० लाखमा बिकोई दावा जेभी काठमाडौले जिम्मा पाएको थियो । यो रकममा स्थानीय पूर्वाधार विभागको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा प्रशासकीय भवन निर्माणको काम भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले विविध समस्याले गर्दा समयमा निर्माण व्यवसायीले काम सम्पन्न नगर्दा सेवा प्रवाहमा समस्या आएको बताउनुभयो । अहिले काम भएको छ । तोकिएको समयमा कार्य सम्पन्न गरेर सहज रुपमा नागरिकलाई सेवा प्रवाह गर्न पूर्वखोला छिट्टै सफल हुने अध्यक्ष थापाको भनाइ छ ।
गाउँपालिकाको प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ । साविकको गाविस भवनको सीमित पूर्वाधारबाट सेवाग्राहीलाई सेवा दिँदा गाह्रो भैरहेको सूचना अधिकारी मोहन ढकालले बताउनुभयो । उहाँका अनुसार काम गनेर् कोठाहरु साँघुरो छन् । एउटै कोठाबाट धेरै शाखाको सेवा दिनुपर्ने बाध्यता छ । जसका कारण सेवाग्राहीलाई सहज रुपमा सेवा लिन समेत दुःख भएको उहाँको भनाइ छ ।
भवन नहुँदा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एउटै कोठामा बस्नु पनेर् बाध्यता छ । स्थानीय सरकारले सम्पादन गर्नुपर्ने काम मध्यको न्यायिक समितिको कार्य सम्पादन असहज भैरहेको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनुभयो । उहाँले नयाँ भवनमा सरेपछि मुद्दाको छलफल र सुनुवाइका लागि स्थान अभाव नहुने बताउनुभयो ।
नवनिर्मित भवन लिÇटसहित अपांगतामैत्री र आधुनिक रुपमा निर्माण भैरहेको गाउँपालिकाका इन्जिनियर लक्ष्मण न्यौपानेले बताउनुभयो । उहाँले साढे ४ तले भवनमा करिब ४५ कोठा सहित सुविधा सम्पन्न सभाहल समेत हुन्छ । भवनको काम सकिएपछि विषयगत शाखा, जनप्रतिनिधि र सेवाग्राहीलाई समेत सेवा लिन सहज हुने उहाँको भनाइ छ । यसका साथै गाउँपालिकामा ६ वडामा अहिलेसम्म नयाँ भवन निर्माण भएको छैन । साविक गाउँ विकास समितिको कार्यालय रहेको भवनलाई मर्मत गरेर सेवा प्रदान गरिदैं आएको छ ।
पहिला गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि वडा कार्यालयमा सुविधा सम्पन्न वडा कार्यालय निर्माणको योजना अगाडि बढाइने सूचना अधिकारी ढकालको भनाइ छ । वडामा पनि व्यवस्थापन गरिएको भवन साँघुरो भए पनि सेवा प्रवाहमा खासै समस्या नभएको उहाँले बताउनुभयो । कहिलेकाहीँ एकीकृत घुम्ती शिविरहरु सञ्चालन गर्दा ठूलो भिड हुँदा भने केही समस्या हुने गरेको भए पनि व्यवस्थापन गरेर सेवा दिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।