रामपुर बचतको भवन उद्घाटन

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको नवनिर्मित व्यवसायिक भवन उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य एंव संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले सहकारी सस्थाको नवनिर्मित व्यवसायिक भवनको उद्घाटन तथा कार्यालय सेवा सुरु गर्नुभएको हो । उहाँले सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा स्थापित भएको बताउनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले झोलाबाट सञ्चालित सहकारी सुबिधा सम्पन्न लिफ्ट सहितको आफ्नै भवनबाट सेवा सन्चालन भएकोमा धेरै खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारी रामपुरकै गहनाको रुपमा विकाश हुँदै गएको र सबै सेयर सदस्यहरुलाई भरपर्दो सेवा सुविधा दिएको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देबराज ढकाल, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देबकोटा, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले सहकारीको बारेमा जानकारी दिँदै २०५७ सालमा स्थापना भएको सहकारीको २०६५ सालमा चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भई २०६५ सालदेखि विधिवत रुपमा एकीकृत कारोबार गरेको जानकारी गराउनुभयो । अध्यक्ष रेग्मीले १४ आना क्षेत्रफलमा फैलिएको भवनको २ करोड २५ लाख ३३ हजार लागतमा बनेको बताउनुभयो ।

संस्थामा हाल १ हजार ९८ जना बालबचतकर्ता सहित ४ हजार ३ सय १६ जना सेयर सदस्य आबद्ध रहेका छन । संस्थाको कुल सेयर पुँजी ५ करोड ५२ लाख रहेको छ भने जम्मा पुँजी ५८ करोड ४९ लाख रहेको छ । कार्यक्रमका अबसरमा भवन निर्माण गरी सम्पन्न गर्ने निर्माण कम्पनी र भवन निर्माण उपसमितिका संयोजक तथा सदस्यलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

सम्बन्धित खवर