एक महिनामा आठ लाख बढी राजस्व सकंलन

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा ८ लाख ६९ हजार ७ सय ६८ रुपौँया २२ पैसा राजस्व सकंलन जनाएको छ ।

गाउँपालिकाले भूमिकर, सम्पत्ति कर, व्यवसाय कर, बहाल कर , सिफारिस दस्तुर, व्यतिmगत घटना दर्ता, नाता प्रमाणित, प्रशासनिक सेवा शुल्क, अन्य सेवा शुल्क तथा विक्री, शिक्षक क्षेत्रको आम्दानी, कृषि तथा पशुजन्य वस्तुको व्यवसायमा लाग्ने कर र अन्य दस्तुरलगायतका विभिन्न शिर्षकबाट राजश्व संकलन गरेको लेखा अधिकृत लिलामणी बस्यालले जानकारी दिनुभयो ।

एक महिनामा गाउँपालिकाले भूमिकरबाट २८ हजार पाँच सय ८४, सम्पत्ति करबाट १५ हजार ३ सय २०, व्यवसाय करबाट २८ हजार ८ सय, बहाल करबाट ३२ हजार पाँच सय ३२, सिफारिस दस्तुरबाट १ लाख ३१ लाख तिन सय, व्यक्तिगत घटना दर्ताबाट ९१ हजार एक सय, नाता प्रमाणितबाट ७ हजार ५ सय ५०, प्रशासनिक सेवा शुल्कबाट ९७ हजार ३ सय ४९ रुपैंयाँ राजस्व संकलन भएको गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।

यस्तैगरी अन्य सेवा शुल्क सेवा तथा विक्रीबाट ४ लाख १८ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट ८ सय, कृषि तथा पशुजन्य वस्तुको व्यवसायमा लाग्ने करबाट ४ लाख ८ सय २७, अन्य दस्तुरबाट २९ हजार ७ सय ५० रुपैंयाँ राजश्व संकलन गरिएको राजश्व शाखा प्रमुख हरिप्रसाद पराजुलीले बताउनुभयो ।

सम्बन्धित खवर