
पाल्पा । तानसेन नगरपालिकाले भगवती जात्राको तयारी तीव्र पारेको छ ।
भदौ २१ गते को भगवती रथ यात्रालाई सहज गराउनका लागि नगरपालिकाले सडकको खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ ।
नगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्नकै लागि साढे चार लाख रुपैंया बजेट विनियोजन गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।









