
पाल्पा । बगनासकाली गाउँपालिका १ मा बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ घर भई हाल बगनासकाली गाउँपालिका १ चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी छोरी अंशिका सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सारुको आफ्नै कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । बाल्टिनको पानी डुबेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।