पाल्पा । परम्परागत सांस्कृतिक महत्व रहेको गाईजात्रा पर्व पाल्पा पनि मनाइएको छ ।
विशेष गरी नेवार समुदायले मनाउने यो पर्व पाल्पामा भने सबै समुदायले मनाउने गरेका छन् । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने यो पर्वमा नेवार समुदायबाट सुरुवात भएपनि पाल्पाका सबै समुदायर्ले मनाउने गर्दछन् ।
गाईजात्रामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर मनाउने प्रचलन रहेको छ । पाल्पा सदरमुकामा तानसेनसंगै ठूला शहरका चोकहरुमा गाईजात्रा पर्व मनाएका हुन् ।
पाल्पामा यो वर्ष केही समुदायले जनैपूर्णिमाकै दिन गाईजात्रा निकाले पनि केहीले भने भोली गाईजात्रा मनाउने भएका छन् । तिथी अनुसार आज जनैपूर्णिमा र गाईजात्रा परे पनि केहीले भोली मात्रै जात्रा निकाल्ने भएका छन ।
पाल्पामा आजबाट सरु भएको जात्रा भाद्र कृष्ण नवमीका दिन नेपाल अग्रेज युद्धको सम्झनामा श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रापछि सकिन्छ ।