पाल्पा । डुम्रे भलिबल कपको उपाधि चरचरे भलिबल क्लब चरचरेले हात पारेको छ ।
डुम्रे युवा क्लब तिनाउ ६ को आयोजनामा डुम्रे खेलमैदानमा सञ्चालन भएको भलिबल प्रतियोगितामा चरचरे भलिबल क्लब तिनाउ ५ चरचरेले मणिमुकुण्द भलिबल क्लब बुटवललाई ३÷१ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।
प्रतियोगिताको फाइनल खेलमा पराजित मणिमुकुण्द भलिबल क्लब उपबिजेता भएको छ । प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने दुई टिमहरु गुल्मी भलिबल क्लब र तानसेन भलिबल क्लब तेस्रो भएका छन ।
प्रतियोगितामा चरचरेका उमेश सेन्चुरी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा प्रथम हुने समूहले नगद ४० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुने समूहले १० हजार सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरे । गत भदौ ६ गतेदेखि सञ्चालन भएको भलिबल प्रतियोगितामा २६ समूहको सहभागिता रहेको थियो ।
बिजयी समुहलाई पुरस्कार वितरण गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले प्रतियोगिताले खेल क्षेत्रको विकाससंगै खेलाडीको दक्षता वृद्धि गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा थप खेलाडीको थप प्रगतिको कामाना गर्दै गाउँपालिका भलिबल खेलको विकासका लागि विशेष प्रथामिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।