
पाल्पा । तानसेन नगरपालिका वडा नं ५ कैलाशनगर चोकमा रहेको विद्युत पोलमा आगलागी भएको छ । विद्युत पोलमा बिहान विद्युत सट भई लागेको आगो प्रहरीले नियन्त्रमा लिएको पत्रकार राजेन्द्र लिगलले बताउनुभयो ।
आगालागीबाट नेपाल टेलिकमको एफडिसी तथा फाईवरमा क्षति भएकाे छ । जसका कारण एफडिसीबाट वितरण भएका कैलाशनगर, बतासेडाँडा, बसन्तपुर, भगवतीटोललगायतका क्षेत्रहरुमा अहिले इन्टरनेट, टेलिफोन तथा टेलिभिजन सेवा अवरुद्व भएका छ ।
सेवा सुचारु गराउनका लागि समाधानको कार्य अघि बढिसकेकोले सकेसम्म छिटो सेवा प्रवाह गरिने नेपाल टेलिकम पाल्पाले जनाएको छ ।