गोरखनाथ माविको अध्यक्षमा सुनारी

निस्दी । गोरखनाथ माध्यमिक विद्यालय निस्दी–६,अर्चले, पाल्पाको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मेख बहादुर सुनारी सर्वसम्मत चयन हुनु भएको छ । बुधबार बसेको अभिभावक भेलाले वडाध्यक्ष समेत रहनुभएका सुनारीलाई व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा चयन भएसंगै सुनारीले विद्यालयमा यस वर्षदेखि सुरु गरेको ११ कक्षाको व्यवस्थापन सहित समग्र विद्यालयको भौतिक विकासमा खट्ने बताउनुभयो । उहाँले यसका साथै विद्यालयको शैक्षिक उपलब्धि वृद्धि गर्नेमा जोड दिने बताउनुभयो । गाउँपालिकाले स्थानीय शिक्षा ऐन निर्माणका लागि सम्बन्धित सरोकारवालाहरुसंग छलफलको चरणमा रहेको जानकारी गराउदै आवश्यक सल्लाह सुझाव दिन आग्रह समेत अध्यक्ष सुनारीले आग्रह गर्नुभयो ।

त्यसैगरी समितिका अन्य सदस्यहरुमा प्रकाश राना, अर्जुन बयम्बु, सिर्जना खण्डलु, हुमी सरा बयम्बु र सिर्जना बयम्बुलाई चयन गरेको छ । त्यसैगरी शिक्षक प्रतिनिधिमा राजुप्रसाद भण्डारी र सदस्य सचिवमा प्रधानाध्यापक इश्वरीप्रसाद अर्याल रहनु भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष बलु गैरेले आफ्नो कार्यकाल गरेका महत्वपूर्ण कार्य प्रगतिहरु प्रस्तुत गर्दै आफ्नो कार्यकालमा विद्यालय हितमा सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य मिम्श्री बयम्बु, प्रकाश राना, नेकपा एमाले वडा कमिटी अध्यक्ष महेन्द्र बयम्बु, नेपाली कांग्रेसका वडा सभापति गगन सिं खन्गाहा, अभिभावक अर्जुन बयम्बुलगायतकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक विकासका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।

साथै सोही भेलाले एम बहादुर सार्कीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।

सम्बन्धित खवर