
पाल्पा । शारदा माध्यामिक विद्यालय तानसेन ८ मदनपोखराको टोलीले रामपुर नगरपालिका क्षेत्रमा रहेका नमुना विद्यालयको अवलोकन गरेको छ ।
तानसेन ८ का वडाध्यक्ष सहित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक प्रतिनिधी र विद्यार्थीको टोलीले रामपुरमा रहेका रामतुलसी नमुना माध्यामिक विद्यालय बेझाड, गंगा माध्यामिक विद्यालय एक्लेटार र दरैठाटी माध्यामिक विद्यालय रामपुर विजयपुरको अवलोकन गरेका हुन । अवलोकनका क्रममा रामतुलसी र गंगा मा विमा अन्तरक्रिया समेत गरिएको थियो ।
जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी भर्ना भएको रामतुलसी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक बालकृष्ण लम्सालले २०२५ सालमा स्थापना भएको विद्यालयले देशका विभिन्न पदमा पुग्ने व्यक्ति तथा गण्डकीवेशी क्षेत्रका अधिकांश शिक्षकलाई शिक्षा दिएको बताउनुभयो । उहाँले अभिभावकको लगाव तथा शिक्षक, विद्यालय व्यवस्थापनको सहयोगमा विद्यालय सफल बन्दै गएको बताउनुभयो विद्यालयको शैक्षिक गुणस्तर सुधारेर जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउने गरी गृहकार्यमा लागेको प्रद्यानाध्यापक लम्सालको भनाइ थियो ।
यस्तै गंगा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक देवराज देवकोटा तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरनारायण अर्यालले विद्यालय नमुना बनाउन गरिएका पहल, पहिले र अहिलेको शैक्षिक उन्नति बारे जानकारी दिनु भयो ।
कार्यक्रममा शारदा माध्यामिक विद्यालयका प्रद्यानाध्यापक खेमराज न्यौपाने, सहायक प्रधानाध्यापक हरिप्रसाद शर्मा तानसेन ८ का वडाअध्यक्ष सोमनाथ अर्यालले शारदा माध्यामिक विद्यालयले थप जान्नुपर्ने र सुधार गर्नुपर्ने विषयमा अन्य विद्यालयको अवलोकनले सिकाई उपलब्धी हुने विश्वास व्यक्त गर्नुभयो ।
दरैठाटी माध्यामिक विद्यालयको इतिहास तथा विद्यालयको गतिविधी बारे विद्यालयका सहायक प्रधानाध्यापक मुकन्दप्रसाद गौतम तथा शिक्षक गोविन्दप्रसाद सिग्देलले जानकारी गराउनुभएको थियो ।