अखिल नेपाल महिला संघको तेस्रो भेला सकियो

तानसेन । अखिल नेपाल महिला संघ तानसेन नगर कमिटीको तेस्रो भेला सम्पन्न भएको छ ।

भेलाले विमला रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य नरमती सिंजालीको प्रमुख आतिथ्यतामा बसेको भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्की, जिल्ला अध्यक्ष बिशाल दर्लामी, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष उमा सिंजाली, राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष टिकाराम पौडेलको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर