
पाल्पा । तानसेन रिडी सडक खण्डको जोर्तेमा सुख्खा पहिरोमा स्कारपियो च्यापिदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
आज विहान तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियोलाई पहिरोले च्यापेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार ७ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेकोे प्रहरीले जनाएको छ ।