रिब्दीकोटका जनप्रतिनिधि र कर्मचारीको निशुल्क स्वास्थ्य परीक्षण हुने

तानसेन । चालु आर्थिक वर्षमा रिब्दीकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

गाउँपालिकामा रहेको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रबाट निशुल्क सेवा उपलब्ध हुनेगरी यस आर्थिक वर्षका लागि ५ लाख बजेट विनियोजन गरिएको छ । जनप्रतिनिधि, कर्मचारी सहित ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिलाई प्रोत्साहन तथा सहयोगका लागि निशुल्क रुपमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन गाउँपालिकाले बजेटको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

केन्द्रबाट उपलब्ध हुने स्वास्थ्य परीक्षण सेवा सहित प्रयोगशाला सेवा र एक्स–रेलगायतका सेवाहरु पाउने छन् । हाल रिब्दीकोट गाउँपालिका भित्र भरक क्षमता भएका ३ सय ३० जना, ज्येष्ठ नागरिक ६० वर्ष माथीका ३ हजार ३ सय ५० र करिब २ सय कर्मचारी रहेका छन् । उनीहरुलाई स्वास्थ्य शाखाको सिफारिसका आधारमा स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराइने स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय