सानाहुँगी माविकाे ६८ औं वार्षिकोत्सव

पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोटले आफ्नो ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारुले विद्यालयले समयानुकूल प्रगति गर्दै गएकोमा खुशी व्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभयो ।

विशिष्ट अतिथि शिक्षा विकास तथा समन्व एकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले विद्यालयले आफ्नै कार्यनीति तथा योजना बनाई सो अनुसार काम गर्न सकेमा अपेक्षित उद्देश्य पुरा हुने बताउनुभयो । उहाँले हालै प्रकाशित कक्षा १२ को नतिजाले सुनौलो विहानीको संकेत गरेको बताउँदै सम्पूर्ण शिक्षकमा जिम्मेवारी र कर्तव्यबोध गरेर काम गर्न सके सामुदायिक विद्यालयको नतिजामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रम्भा २ फोक्सिङ्गकोटका वडाध्यक्ष चेतबहादुर सुनारी, भूतपूर्व शिक्षक एवम जिल्ला प्रशासन कार्यालयका दोमराज अर्याल, महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण मश्राङ्गी, भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारु, अक्षयकोषदाता ताराप्रसाद राना, दलबहादुर सारु, रामबहादुर सारु, टेकबहादुर रानालगायतले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक एवत सारुले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै करिब ९५ लाख बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गर्नु भयो । पूर्व शिक्षक दोमराज अर्यालले कक्षा ११÷१२ संचालनमा सहयोग पु¥याउन १० हजार रुपैयाँ तथा पूर्व विद्यार्थी चन्द्रबहादुर सारुले अनाथ बालबालिकालाई सघाउन १२ हजार रुपैंयाँ सहयोग रकम प्रदान गर्नु भयो । कार्यक्रममा विभिन्न विधामा अव्वल भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सानाहुँगी माध्यामिक विद्यालय फोक्सिङ्गकोटको एक मात्र माध्यमिक विद्यालय रहेको र विगत २ वर्षदेखि कक्षा ११÷१२ संचालन हुदै आएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा ९ जना विद्यार्थी उत्तिर्ण भएका थिए । कार्यक्रममा कक्षा १२ मा सफल हुने, एसइई सफल हुने र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रम शिक्षक कृष्ण पन्थी तथा दीपक पाण्डेयको संचालन, शिक्षक सुलोचना थापा मगरको स्वागत तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय