
पाल्पा । नेपाली वोमेन एसोसिएसन पोर्चुगलको अध्यक्षमा पाल्पाकी शान्ति अर्याल अधिकारी निर्वाचित हुनुभएको छ ।
पोर्चुगलमा क्रियाशील नेपाली नारी समाज र नेपाली महिला समाज पोर्चुगलको चौथो एकता अधिवेशनबाट गठन भएको वोमेन एसोसिएसन पोर्चुगलको अध्यक्षमा अर्याल अधिकारीले नेतृत्वको जिम्मेवारी पाउनुभएको हो ।
यसका साथै एसोसिएसनको उपाध्यक्षहरुमा दिपा लिम्बू, गिता रेउले, रेनु परियार, बिन्दु गौतम, इन्दीरा पाण्डे, महासचिवमा मोनिका भूषाल दुलाल, सचिवहरुमा शोभा गिरी, दिप्ती काफ्ले, सारा बर्तौला, कोषाध्यक्षमा देवी घिमिरे, सह–कोषाध्यक्ष प्रिया श्रेष्ठ, सदस्यहरू शारदा पौडेल, मञ्जिता भुषाल, अनिता रिजाल, सविना शाही, सरस्वती खड्का, कल्पना कार्की, सुजाता खत्री, बिना आचार्य, अमृता बोहोरा, उमा अर्याल, रीता श्रेष्ठ, चेतना उपाध्याय, राधा रानाभाट रहनुभएको छ । यस्तैगरी सल्लाहकारहरूमा सीता श्रेष्ठ (शिवानी), माया पौडेल खराल, सरिता शर्मा, स्नेहा परियार रहनुभएको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले प्रमुख संरक्षकमा अवैतानिक महावाणिज्यदुत, लिस्बन, पोर्चुगलका मकरवहादुर हमाललाई राखेको छ भने संरक्षकहरुमा संस्थापक सीता बराल र निर्मला ढकाललाई राखेको जनाएको छ । नवनिर्वाचित अध्यक्ष अर्याल अधिकारीले एसोसिएसनले सबैको सहभागितामा कार्यायोजना तयार गरेर काम गर्ने बताउनुभयो । उहाँले नेतृत्व गर्ने अवसर दिएकोमा सबैप्रति धन्यवाद तथा आभार व्यक्त गनुृभयो ।