आत्महत्याको डरलाग्दो तथ्यांक

तानसेन। पाल्पामा आत्महत्या गर्नेको संख्या उल्लेख्य रुपमा बढेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक दशकको अवधिमा जिल्लामा सात सय २७ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन् ।

पाल्पा प्रहरीका प्रमुख एसपी हेरम्भ शर्माका अनुसार गतआर्थिक वर्ष ०७९।०८० मा ८५ जनाले आत्महत्या गरेका छन् ।

शर्माका अनुसार गत आर्थिक वर्षमा मात्रै आत्महत्या न्यूनीकरणको अभियानस्वरुप सचेतनाका लागि ३५ वटा कार्यक्रम गरिएको थियो । तर पनि धेरै मानिसले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले गर्दा आत्महत्या गर्ने गरेको पाइएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसैबीच चालु आर्थिक वर्षको एक महिनाको अवधिमा १० जना भन्दा धेरैले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय