मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

तानसेन । पाल्पामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाको छ।

सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ।दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनापछि तानसेनको युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यस्तै मोटरसाइकलको पछाडी बसेका नवलपरासी श्रवल गाउँपालिका १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरीले जनाएको छ। घाइते थारुको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो।

मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियोे । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय