तानसेन । लायन्स क्लब अफ पाल्पा रानीमहल विद्यालय सहयोग कार्यक्रम सम्पन्न गरेको छ । तनासेन ९ को तिन्टीआँपमा प्राथमिक विद्यालयलाई शैक्षिक तथा खेलकूद सामग्री हस्तान्तरण गरेर क्लबले कार्यक्रम गरेको हो ।
क्लबको मासिक विद्यालय सहयोग कार्यक्रम अन्तरगत गरिएको कार्यक्रममा विद्यालयलाई विद्यार्थीलाई सहयोग हुनेगरी कापी, कलम र खेलकुदका सामग्रीमा फुटवल, भलिबल, ब्याडमिन्टन, चेस, लुडो क्यारेमबोर्ड, डोरी र क्यूवलगायतका सामग्री सहयोग गरिएको क्लबका सचिव करुणा काफ्लेले जानकारी दिनुभयो ।
क्लबको सानो सहयोगले विद्यार्थीहरुलाइ ठूलो सहयोग हुने विश्वासका साथ सहयोग कार्यक्रम गर्दै आएको कार्यक्रमका संयोजक राजेश भटराईले बताउनुभयो ।
विद्यालयलाई गरेको सहयोगले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने प्रद्यानाध्यापक मिना ढुंगाले बताउनुभयो । उहाँले सहयोगका लागि धन्यवाद व्यक्त गदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह समेत गर्नुभयो । कार्यक्रम वर्ष २०२३÷२४ का अध्यक्ष कोशिस भणडरीको अध्यक्षतामा चलेको हो ।
यसैबीच क्लबले सञ्चालन गरेको डेंगु सचेतना सप्ताहको समापन समेत गरिएको छ । क्लबले तानसेनका सबै वडामा दैनिक ३ घण्टा माइकिंग र पम्पिलेट वितरण गरे डेंगु सचेतना सप्ताह सञ्चालन गरेको शशी श्रेष्ठले बताउनुभयो ।