आँखा पाक्ने बिरामी संख्या ६ हजार ७ सय बढी

तानसेन । पाल्पामा आँखा पाक्ने बिरामीको संख्या छ हजार ७ सय बढी पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तर संक्रमण बढेपनि यसको रोकथामका लागि कुनै पहल भएको देखिएको छैन् । केही समय रामपुर नगरपालिकाका केही विद्यालय बन्द भएपनि अन्य स्थानमा रोकथामको कुनै पहल भएन । पछिल्लो समय स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको तथ्याँक अनुसार पाल्पामा आँखा पाक्ने रोगको संक्रमण तीव्र रुपमा फैलिएको देखिएको हो ।

जिल्लामा पाल्पा लायन्स लाकौल आँखा अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पा अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा आँखाको उपचार हुने गरेको छ । यस बाहेक अन्य निजी मेडिकल र स्वास्थ्य संस्थामा पनि सामान्य उपचार गराउनेहरुको भिड बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । चार स्वास्थ्य संस्थामा उपचार गराएका आँखा रोगीहरुको मात्र तथ्याँक अध्यावधिक गर्दा आंखा संक्रमितहरुको संख्या बढेको पाइएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याव टेक्निसीयन अधिकृत मधुसुधन भटराईले जानकारी दिनुभयो । उहाँले यो संख्या बाहेक अन्य स्वास्थ्य संस्थामा उपचार गराएका आँखाका बिरामीहरुको रेकर्डमा नआएका पनि धेरै नै भएको बताउनुभयो ।

आँखा रोगको संक्रमण दरमा वृद्धि भएपनि रोकथामका लागि स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन् । आँखा पाक्ने रोगबाट अधिकांश विद्यालय, कलेजहरुमा अध्ययनरत विद्यालर्थीहरु बढी संक्रमित भएका छन् ।

सम्बन्धित खवर