
पाल्पा । नेकपा(एमाले) पाल्पाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनोट कार्य सम्पन्न गरेको जनाएको छ । भदौ १६ र १७ गते बुटवलमा हुने अधिवेशनका लागि शनिबार एकै पटक दश स्थानीय तहमा प्रतिनिधि छनोटको काम गरिएका एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।
ताकिएको मापदण्ड अनुसार जिल्लाबाट ८३ जना प्रतिनिधि छनोट गरिएको छ । सहमतिका आधारमा छनोट भएका प्रतिनिधिमध्य २२ जना महिला, ११ जना दलित, युवा र खुला गरी ५० जना रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु पनि आफ्नो पक्षमा लबिङ गर्न थालेका छन् । हालका अध्यक्ष राधाकृष्ण कँडेल अबको अध्यक्ष हुने निश्चितप्राय देखिन्छ । अध्यक्ष कँडेलले चुनौतीपूर्ण समयमा प्रदेश पार्टी कमिटीको काम गरेको र अहिलेसम्म अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन गरेको कारण पनि प्रथम अधिवेशनले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्नेमा विश्वास लिएको बताउनुभयो ।
छनाेट हुनुभएका प्रितिनिधिहरूमा रामपुरबाट प्रदेश अध्यक्ष कंडेल सहित राजु प्रसाद श्रेष्ठ, टंकनाथ खनाल, बुद्धिराज गौतम , मित्रलाल गौतम, मित्रलाल कंडेल, दुर्गा देवी राना, राधिका भन्डारी, मित्रा ढकाल, जान्हवी अधिकारी, देब बहादुर दर्जी, मदन आचार्य रहनुभएकाे छ । यस्तैगरी तानसेन नगरपालिकाबाट सबैभन्दा बढी १५ जना प्रतिनिधिमा गोपाल पौडेल, रामप्रसाद पोखरेल, कृष्णराज अधिकारी, ठाकुर लोहागुन, दामोदरप्रसाद घिमिरे, त्रिरत्नलाल शाक्य, शोभाखर भट्टराई , नारायणी शर्मा, कासिका गैरे, शशी श्रेष्ठ, उमा अर्याल, दीपक विश्वकर्मा, गुराँस आत्रेय, मुक्ति कालिराज र इन्द्रा गहतराज प्रतिनिधिमा छनोट भएको सचिव रामजी पोखरेलले जानकारी दिनुभयो ।
पूर्वखोलाबाट नारायण प्रसाद आचार्य, इश्वरी प्रसाद न्यौपाने, खेम बहादुर सारु, नुन बहादुर थापा,चन्द्र बर्मेली, भागिरथी भट्टराई, भगवती राना छनोट हुनुभएको छ । निस्दी गाउँपालिकाबाट मुक्त बहादुर सारु, देविलाल लामिछाने, दमन सिंह थापा पाटा, नर बहादुर सुनारी, प्रदीप ज्ञवाली, तिरन कुमारी श्रेष्ठ, मिम्श्री बयम्बु र यमबहादुर सार्की छनोट हुनु भएको कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो ।
यस्तै रम्भा गाउँपालिकाबाट उर्मिलादेवी शर्मा, योगेन्द्र कुमार गैरे, विष्णु प्रसाद भण्डारी, विजय रानाभाट, कृष्ण प्रसाद रेग्मी, माथागढी गाउँपालिकाबाट विमल काफ्ले, विष्णु आचार्य, सन्तोष भट्टराई, यमबहादुर चिदी, विष्णु लुङ्चे, विष्णु जिसी, तेज बहादुर घर्ती मगर, केशमाया सुनार छनोट हुनुभएको छ । बगनासकाली गाउँपालिकाबाट ध्रुवराज अधिकारी, हरि प्रसाद पाठक, सरस्वती चिदी, टीका बहादुर थापा, निरेन्द्र थापा, नुमा पाण्डे, खुमादेवी भट्टराई, हेमा सार्की छनोट भएको कार्यालय सचिव विश्वकर्माले बताउनुभयो ।
रैनादेवी छ्हरा गाउँपालिकाबाट राम बहादुर राउत, रामजी पोखरेल, रामप्रसाद ज्ञवाली, मिना जि.सी, मिरा मरासिनी, नारायणी गहतराज, मान बहादुर थामी, झविन्द्र रायमाझी छनोट हुनुभएको छ । यस्तैगरी रिब्दीकोट गाउँपालिकाबाट गिता पान्डे, लक्ष्मी खनाल, अर्जुन विश्वकर्मा, नारायण बहादुर जिसी, माधव आचार्य, कृष्ण बहादुर थापा, तुल बहादुर अधिकारी, चिरञ्जीवी पोखरेल रहनु भएको छ । तिनाउ गाउँपालिकाबाट सबैभन्दा कम ४ जना प्रतिनिधिमा दल बहादुर गुरुङ, प्रेम श्रेष्ठ, गोमा भण्डारी र प्रेम विश्वकर्मा छनोट हुनु भएको एमाले पाल्पाले जनाएको छ ।
विभिन्न स्थानीय तहको प्रतिनिधि छनोट कार्यक्रमा पुग्नुभएका एमाले पोलिटब्यूरो सदस्य तथा सांसद ठाकुर गैरेले पार्टीलाई प्रदेशमा वैधानिक ढंगबाट संचालन गर्न अधिवेशन आवश्यक रहेको बताउनुभयो । उहाँले अधिवेशनसंगै पार्टी थप चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।