
तानसेन । पाल्पामा प्रथम रणउजेश्वरी भगवती भलिबल कप प्रतियोगिता हुने भएको छ ।
श्रीनगर भलिबल क्लबको आयोजनामा भदौ १८ गतेदेखि २१ गते सम्म तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता हुने छ ।
प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कृष्ण आलेले ८ लाख ५० हजार बढीको लागतमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष आलेका अनुसार प्रतियोगितामा पहलिो हुनेले १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेले ७७ हजार ७ सय ७७, तेस्रो हुनेले ४४ हजार ४ सय ४४ र सान्त्वना हुनेले २२ हजार २ सय २२ रुपैंयाँ प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले प्रतियोगिता सम्पन्न गर्न समितिले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतियोगितामा राष्ट्रिय समूहको समेत सहभागी हुने अपेक्षा राखेको क्लबका सचिव दिपक चौहानले बताउनुभयो । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।








