नेकपा माओवादी केन्द्र पाल्पाको बैठक सम्पन्न

पाल्पा । नेकपा (माओवादी केन्द्र ) पाल्पाको बैठक सम्पन्न भएको छ ।

जिल्ला संयोजक राजेन्द्र विश्वकर्माको अध्यक्षता पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजलको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रिय सदस्य इन्द्रजित चौधरी र अनिलकिशोर घिमिरेको विशेष उपस्थितिमा बैठक बसेको हो ।

बैठकले हालै भएको पार्टीको केन्द्रिय समितिले लिएको “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान“ घर घरमा प¥याउन केन्द्रबाट खटिनुभएका केन्द्रिय सदस्यहरु, पार्टीका प्रदेश कमिटी सदस्यहरुको कार्यविभाजन गरेको छ । यसका साथै गाउँपालिका र वडा स्तरिय बैठकका लागि मिति तय समेत गरिएको सचिव मधुरा ढकालले जानकारी दिनुभयो ।

बैठकबाट केन्द्रदेखि खटिनुभएका केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लाका दश स्थानीय तहमा कार्यविभिाजन गरिएको छ । जसअनुसार निस्दी र रामपुरमा यज्ञ पोखरेल, रम्भा, माथागढी र पूर्वखोला दिपेन्द्र पुन सिजल, तानसेन र बगनासकालीमा कृष्णध्वज खड्का र तिनाउ , रैनादेबी , रिब्दिकोटमा इन्द्रजित चौधरीको नेतृत्वमा अभियान सञ्चालन हुने सचिव ढकालको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय