पाल्पा महोत्सवको खर्च सार्वजनिकमा ढिलाई

तानसेन । पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सव २०८० काे खर्च सार्वजनिकमा ढिलाई भएको छ ।

महोत्सव सकिए लगतै सार्वजनिक गर्ने भनिएको महोत्सवको आम्दानी खर्च करिव साढे ३ महिना वितिसक्दासमेत सार्वजनिक भएको छैन् ।

१३ औं संस्करणका रुपमा आयोजना भएको पाल्पा महोत्सव २०८० वैशाख १४ देखि २४ गतेसम्म जम्मा १० दिन तानसेन टुंडिखेलमा सञ्चालन भएको थियो ।

महोत्सवका प्रचार प्रसार संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरेले आर्थिक मन्दिका कारण उठ्नु पर्ने रकम समयमा नउठ्दा आम्दानी खर्च सार्वजनिकमा समय लागेको बताउनुभयो । उहाँले आफूहरु अब प्राप्त रकमकै आधारमा भएपनि जतिसक्दो छिटो आम्दानी खर्च सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय