
तानसेन । पाल्पामा बसाइँसराइको दर उच्च हुन थालेको छ ।
जिल्ला तथ्याङ्क कार्यालय पाल्पाका अनुसार दश वर्षको अवधिमा पाल्पाको जनसंख्या १६ हजार बढीले घटेको छ । वि.स.२०६८ सालको जनगणना अनुसार जिल्लामा कूल दुई लाख ६१ हजार १८० रहेकोमा २०७८ को जनगणनामा १६ हजार १३४ ले घटेको हो ।
अहिले पाल्पाको जनसंख्या दुई लाख ४५ हजार २७ रहेको जिल्ला तथ्याङ्क कार्यालय पाल्पाका प्रमुख लेखनाथ पाण्डेले बताउनुभयो ।