
पाल्पा ।रामपुर नगरपालिका वडा नं. १ शालिग्राम क्षेत्र, टापुधाममा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना एवं रोट महोत्सव हुने भएको छ ।
धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह अग्नि शम्शेर प्रताप शाहको संकल्प अनुसार यहि भाद्र ११ र १२ गते अनुसार शिवलिङ्ग स्थापना गर्न लागिएको रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार दानु हिस्की मगरले जानकारी दिनुभयो ।