माथागढी १ चिदीपानीमा तीज गीत प्रतियोगिता हुने

पाल्पा । माथागढी १ चिदीपानीमा भदौ २५ गते तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार बसेको महिला उत्थान गाउँ समन्वय समिति माथागढी १ चिदीपानीको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

सिता गिरीको अध्यक्षतामा बसेको बैठक वडाध्यक्ष राजकुमार पन्थीको प्रमुख आतिथ्यतामा भएको हो । बैठकमा वडा सदस्य टोल बहादुर मश्राङगी, तुल्सा न्यौपानेको विशेष उपस्थिति रहेको थियो ।

बैठकले २५ गते सोमबार चिदीपानी स्तरिय खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी समूहले माथागढी १ चिदीपानीमा भएको र हुनुपर्ने विकासका काम र वडा कार्यालयको सेवा प्रवाहमा आधारित हुनुपर्ने छ । समूहमा ५ देखि ७ जनाको सहभागिता सहित बाद्यबादक आफै व्यवस्थापन गर्नुपर्ने निर्णय भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलार्य ३ हजारका साथै सान्त्वना हुने समूहले १ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागीता जनाउने समूहलाई १ हजार पुरस्कार स्वरुप दिने समितिले निर्णय गरेको छ ।

बैठकमा वडाध्यक्ष पन्थीले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना हुने प्रतियोगिताले वडाको विकास र गर्नुपर्ने काम बारे जानकारी हुने बताउनुभयो । उहाँले नागरिकले भोग्नु परेको र वडाबाट भएका सल अभ्यासहरु समेत गीतका माध्यमबाट बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय