
तानसेन । दमकडा नमुना माध्यमिक विद्यालय तानसेन ९ दमकडाले शैक्षिक विकासका लागि सरोकारवालसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा १० मा अध्ययनरत ९८ जना विद्यार्थी , अभिभावक र शिक्षकहरु बीच शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया २ चरणमा गरिएको हो ।
कार्यक्रमको पहिलो चरणमा शिक्षक रिता सिलवालले बालबालिकाको शैक्षिक विकासमा अभिभावकको भूमिका विषयमा प्रस्तुति राख्नुका साथै प्रस्तुत विषयमाथी अभिभावकहरु सँगबाट धारणा लिने काम गरियो । यसका साथै दोस्रो चरणमा अभिभावक, विद्यार्थी र शिक्षकहरु सँगै बसेर एसइई परीक्षा तयारीका बारेमा छलफल, प्रतिबद्धता र योजना निर्माण कार्य गरिएको छ ।
कार्यक्रममा अभिभावकको तर्फबाट रुमकला पाण्डेले धारणा राख्नुभयो, शिक्षक धनपति गैरेले पढ्ने समय, स्वास्थकर जीवनशैली र पौष्टिक आहारको बारेमा र शिक्षक जीवन आचार्यले आइसिटी को प्रयोग , सामाजिक सञ्जाल र अध्ययनमा सहयोगी एप्सको प्रयोगको बारेमा सहजीकरण गर्नुभयो ।
विद्यालयका सहायक पद्यानाध्यापक होत्रिराज ढुङ्गानाले अतिरिक्त कक्षा सञ्चालन योजना प्रस्तुत गर्नु भएको थियोे ।भने प्रधानाध्यापक मेहनप्रसाद सापकोटाले विद्यालयको समग्र शैक्षिक अवस्थाको बारेमा विश्लेषण गरी सहभागीलाई जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना अधिकारीको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालको प्रमुख आतिथ्यता र माध्यमिक तह संयोजक इन्द्रराज श्रेष्ठको सञ्चालनमा भएको हो ।