रिब्दीकोटको स्थानीय पाठ्यक्रमका लागि मस्यौदा समिति गठन

तानसेन । रिब्दीकोट गाउँपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम तयार गर्ने भएको छ ।

गाउँपालिका भित्र रहेको आधारभुत तहका विद्यालयमा कक्षा १ देखि ८ सम्म लागु गर्ने गरी स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको हो ।

शिक्षा समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता तथा सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा बसेको बैठकले स्थानीय पाठ्यक्रम मस्यौदा निर्माण समिती गठन गरेको छ ।

स्थानिय पाठ्यक्रम निर्माण गर्नका लागि गोपाल जंग रायमाझीको संयोजकत्वमा ९ सदस्यीय पाठ्यक्रम मस्यौदा निर्माण समिति गठन गरिएको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय