प्रवेशमा रोक लगाएपछि सरंक्षणमा सहज

तानसेन । पाल्पाको तानसेन नगरपालिकाले टुँडिखेल प्रवेशमा रोक लगाएपछि दुवो सरंक्षण हुन थालेको छ ।

केहि समय अघि टुँडिखेल खेलमैदानमा पाल्पा गोल्ड कप सञ्चालन गर्दा भर्खरै जोगिन लागेको दुवोको अवस्था नाजुक भएपछि नगरपालिकाले बाध्य भएर संरक्षणका लागी रोक लगाएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।

नगरपालिकाकै गहनाको रुपमा रहेको टुँडिखेलमा नगरपालिकाले ठुलो धनराशी खर्च गरेर गतवर्ष बर्मुडा प्रजातीको दुबो लगाएको थियो ।
दुबो लगाएको स्थानमा मानिसको चहलपहल बढी भइ दुबो मासिन थालेपछि नगरप्रहरी परिचालन गरेर नगरपालिकाले प्रवेशमा रोक लगाएको थियो ।

टुँडिखेललाई स्टेडियम बनाउने नगरपालिकाको योजना रहेको हुँदा जिल्ला स्तर र राष्ट्रिय स्तरको गेम सञ्चालन गर्ने लक्ष्य सहित संरक्षण गरिरहेको नगरपालिकाले जनाएको छ । टुडिखेल संरक्षणमा मात्रै अहिले सम्म नगरपालिकाले करिब ९० लाख रुपैयाँ खर्च गरेको छ ।

पाल्पा गोल्ड कप सञ्चालन भएपछि पुनःप्रवेश रोक लगाउने निर्णय लिन नगरपालिकालाई समस्या परेको थियो । अहिले पनि खेलाडिहरुले मैदानमा अभ्यास गर्न पाउनुपर्ने बताएका छन् ।

यता नगरपालिकाले भने टुँडिखेल खेलमैदान पूर्ण रुपमा तयार भइसकेपछि मात्र खुल्ला गरिने तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय