उपभोक्ता मञ्चको अध्यक्षमा पौडेल

पाल्पा । उपभोक्ता मञ्च पाल्पाको अध्यक्षमा पर्शुराम पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मञ्चको नयाँ नेतृत्व चयनका लागि तानासेनमा भएको भेलाले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

यसका साथै मञ्चको उपाध्यक्षमा माया कुमारी शर्मा र लक्ष्मण घिमिरे सचिवमा जिवलाल सुवेदी सहसचिवमा डोलराज अर्याल र कोषाध्यक्षमा यादव पौडेल रहनुभएको छ । यस्तैगरी सदस्यहरुमा दिनेश घिमिरे,वीरबहादुर कुमाल,माधव अधिकारी ,कमल काफ्ले, चन्दा भण्डारी, देवी न्यौपाने र कृष्ण अर्याल रहनुभएको निर्वाचन समितिका सदस्य केशव अधिकारीले जानकारी दिनुभयो ।

मञ्चका केन्द्रीय सदस्य भरत बहादुर केसी को प्रमुख आतिथ्यतामा भएको भेलामा लुम्बिनी प्रदेश संयोजक उमाशंकर खड्का, उधोगपति बसन्त रोक्का क्षत्रि, डा माधब थापा लगायतको उपस्थिति रहेको थियो ।

भेलामा सहभागीहरुले उपभोक्ता ठगिन समस्याबाट आफै सचेत रहन र उद्योगी तथा व्यापारीले आफूपनि उपभोक्ता हुँ भन्ने सोच बनाउनु पर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष पौड्यालले उपभोक्ता र व्यवसायीहरुको दुरी नजिक बनाउन आफूले सक्दो पहल गर्ने बताउदै पाल्पा जिल्लालाई उपभोक्ताले गुणस्तरीय वस्तु उपभोग गर्न पाउने सुनिश्चित जिल्ला बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय