ट्याक्टर दुर्घटनामा एकको मृत्यु ,५ जना घाइते

पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् ।

सोमबार साझ झडेवा बाट रुप्से तर्फ आउदै गरेको लु ४ त ६६३२ नम्बरको ग्याबिङ जाली बोकेको ट्याक्टर आफै अनियन्त्रित भई माथागढी २ सपाङ्दीमा दुर्घटना भएको हो।

दुर्घटनामा माथागढी गाउँपालिका २ दोहोरा बस्ने बर्ष ३८ का बेद प्रसाद भुषालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा माथागढी २ का ३६ वर्षिय रीप बहादुर सारु, सोही स्थानका ४४ वर्षिय गोबिन्द बहादुर थापा , ३० वर्षिय नरध्वज सारु, २५ बर्षिय सरोज सारु र ३५ वर्षिय टोप बहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुको उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय