जेहेन्दार विद्यार्थीलाई शैक्षिक  सामाग्री वितरण

ROTARACT क्लब अफ पाल्पा तानसेन ले जेहेन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबले सेन मावि तानसेनमा कक्षा ५ मा अध्यनरत जेहेन्दार विद्यार्थी रंजन थापालाई झोला, जुत्ता, मोजा, एक वर्षलाई पुग्ने शैक्षिक सामग्री प्रदान गरेको हो।

शिक्षाको लागि Rotaract भन्ने अभियानलाई यस वर्ष पनि निरन्तरता दिँदै आगामी समयमा पनि यो कार्यक्रमलाई निरन्तरता दिई शैक्षिक सामग्रीको अभावमा विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो शिक्षाको लागि Rotaract अभियान सुरु गरिएको क्लबका अध्यक्ष विक्रम सिंहले जानकारी गराउनु भयो ।

विगत १३ वर्ष देखि तानसेन सेरोफेरोमा सामाजिक तथा नेतृत्व विकासको कार्य गर्दै आएकोमा यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तता दिइएको क्लबका पूर्व अध्यक्ष उपेन्द्र बस्याल ले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन क्लबका सदस्य निश्चल पौडेलले आर्थिक सहयोग गर्नु भएको हो । कार्यक्रमको सहजीकरण पूर्व अध्यक्ष विनोद भारती र सचिव द्रोणाचार्य भुसालले गर्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय