रिब्दीकोट स्वास्थ्य शाखाको वार्षिक समीक्षा

पाल्पा । रिब्दीकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा सम्पन्न गरेको कामको वार्षिक समीक्षा गरेको छ ।

स्वास्थ्य शाखाले आठ वटा वडामा रहेको ११ वटा स्वास्थ्य संस्थाको कार्य विवरणसहित गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रगतिकाे प्रस्तुति सहित समग्र गाउँपालिकाको स्वास्थ्य अवस्थाबारे समीक्षा गरिएकाे गाउँपालिका अध्यक्ष नारापणाबहादुर कार्कीले जानकारी दिनुभयाे ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले सबै स्वास्थ्य संस्थाबाट नागरिक मैत्री स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा मापदण्ड बमोजिमका ६ वटा स्वास्थ्य संस्थाका भवन रहेका छन् । ७२ जना स्वास्थ्य स्वयमसेविका, २८ वटा खोप केन्द्र रहेको र २१ स्थानबाट गाउँघर क्लिनिक सञ्चालनमा रहेकाे समेत जानकारी गराउनुभयाे ।

गाउँपालिकामा रहेका पाँच वटा वर्थिङ्ग सेन्टरबाट सुत्केरी सेवा, ३ स्थानमा सुरक्षित गर्भपतन सेवा र परिवार नियोजनका साधन लगाउने तथा एउटामा प्रयाेगशाला सहितको सेवा उपलब्ध गराएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर