
पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको वृहत भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेकपा एमालेले आदिवासी जनजातिका अधिकारको लागि खेलेको भूमिकाको चर्चा गर्दै नेकपा एमालेले समाजमा जातिय सद्भाव कायम गर्ने नीति लिएर अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्र राज घिमीरे , महासंघका प्रदेश अध्यक्ष प्रेम गुरुङ, एमाले प्रदेश कमिटी सदस्यहरु राम बहादुर राउत, ओम बहादुर घर्ती मगर, मिरा मरासिनी, एमाले जिल्ला उपाध्यक्ष देविलाल लामिछाने, प्रदेश सभा सदस्य खेमबहादुर सारु, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, एमाले गाउँ कमिटी अध्यक्ष राम प्रसाद ज्ञवालीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
भेलाले दल बहादुर सारुको अध्यक्षतामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल रैनादेवी छहराले गाउँ कमिटी गठन गरेको छ । २७ सदस्यीय गाउँ कमिटीमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सचिव वीर बहादुर कुमाल, सहसचिव सर्मिला थापा र कोषाध्यक्षमा मनोज खाम्चा रहनु भएको छ ।
भेलाले आदिवासी जनजाति समुदायमा राजनीतिक जागरण ल्याउन भूमिका खेल्ने, सदस्यता वितरण गर्ने, वडा कमिटी निर्माण गर्ने, आदिवासी जनजातिमा पार्टी कार्यकर्ता निर्माण तथा नेतृत्व विकास गर्ने समेत निर्णय गरेको छ ।
अधिवेशन महासंघ जिल्ला सदस्य मथुरा रास्कोटीको स्वागत, केन्द्रिय सदस्य यम बहादुर दर्लामीको सञ्चालन तथा आयोजक कमिटीका संयोजक मान बहादुर थामीको अध्यक्षतामा भएको हो ।









