देविनगर स्वास्थ्य चौकीकाे वार्षिक समीक्षा

पाल्पा । देविनगर स्वास्थ्य चौकी पूर्वखोला ४ देविनगरले वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य चौकीबाट सम्पादन गरिएको कार्यक्रम तथा सेवा बारे समीक्षा गरिएको हो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख शान्ता बमरेलले आर्थिक वर्ष २०७९/८० मा गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन सहित प्रभावकारी सेवा प्रवाहका लागि सुधार गर्नु पर्ने पक्षका विषयमा समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य चौकिमा नागरिक सहायता पुस्तिकाको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य परीक्षण गरेर मात्र औषधि दिनुपर्ने, अनावश्यक रुपमा मागेको भरमा औषधि दिने नहुने सुझाव राखेका थिए ।

समीक्षा कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाको पहिलो काम शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी बनाउन रहेको बताउनुभयो । उहाँले सोही अनुसार स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति सेवा , प्रयोगशाला सेवा, क्षयरोग मधुमेह, उच्च रत्तचाप लगायतका औषधिहरु सहज रुपमा उपलब्ध गराउर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष थापाले स्वास्थ्य चौकीमा आवश्यक औजारहरु व्यवस्थापन गर्ने , स्वास्थ्यकर्मी थप व्यवस्थापन गरेर वडावासीलाई स्वास्थ्यमा सहज पहुँच वृद्धि गर्ने काम गरिएको समेत बताउनुभयो । सोही अवसरमा अध्यक्ष थापाले सुत्केरी हुँदा बच्चा आमा र अन्य स्वासप्रस्वासका समस्या हुने बिरामीहरुलाई आवश्यक बिजुलीबाट संचालन हुने अक्सिजन कन्सन्टेटर हस्तान्तरण गर्नुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले स्वास्थ्य चौकीबाट सेवा प्रदान गर्नका लागि आवश्यक औषधि, औजारहरुहरुको समस्या नहुने बताउनुभयो । उहाँले सेवा चुस्त दुरुस्त रुपमा सेवाग्राहीलाई उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । प्रमुख ढकालले आवश्यक समन्वय र सहयोगका लागि गाउँपालिका सधै तयार रहेको जानकारी गराउनुभयो । समीक्षा कार्यक्रम वाडध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मेहर सिं थापाको अध्यक्षतामा चलेको वडासदस्य भुवन सिंजालीले जानकारी दिनुभयाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय