![डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान](https://karuwanews.com/wp-content/uploads/2023/08/inbound2683622874449735230-1290x860.jpg)
पाल्पा । माथागढी गाउँपालिका स्वास्थ्य शाखाले डेङ्गु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।
पछिल्लो समय पाल्पाका विभिन्न स्थानमा डेङ्गु संक्रमण फैलिएको भन्दै गाउँपालिकाको स्वास्थ्य शाखाले खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य शाखाले हरेक हप्ताको शुक्रवार १० बजे देखि १०.३० बजे सम्म डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो ।