तानसेन । पाल्पा जिल्ला आइटीएफ तेक्वान्दो संघले खेलाडीका लागि पुनरताजगी सेमिनार चलाएको छ ।
संघले जिल्लाभरका विभिन्न ११ विद्यालय तथा डोजाङ्ग गरी दुई सय २५ बढी खेलाडीलाई एक दिने पुनरताजगी सेमिनार चलाएको हो।टेक्निकल सेमिनारमा नेपाल आइटिएफ, राष्ट्रिय ब्लेक बेल्ट कमिटीका सभापति, घम थापा, लुम्बिनी प्रदेश आइटिएफ तेक्वान्दो संघका टेक्निकल चिफ, बिन्दुुप्रसाद चौधरी र लुम्बिनी प्रदेश आइटिएफ टेक्वाण्डो संघका रेफ्री विष्णु थापाले प्रशिक्षण दिनुभएको थियो ।
सबै गरी १२ डोजाङ्गका खेलाडी सहभागि रहेको तामिलमा खेलाडीलाई वामअप संगै खेलका प्राविधिक विधिबारे जानकारी दिइएको थियो ।