स्थानीय बिदा राख्न नगरपालिकाको अनुरोध

पाल्पा । आँखा पाक्ने संक्रमण फैलिएपछि रामपुर नगरपालिका भित्र रहेका विद्यालयहरूलाइ स्थानीय बिदा राख्न मिल्ने निर्णय गरेकाे छ ।

नगरपालिकाले मंगलवार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ आँखा पाक्ने समस्याको अवस्थालाइ मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिको बैठकबसी स्थानीय बिदा राख्न सकिने व्यहोरा सहितको सूचना जारी गरेको थियो ।

‘आँखाको समस्या बढ्दै गएको हुँदा आँखाको सुरक्षासम्बन्धी सचेतीकरण समेत गर्न गराउनुहुन अनुरोध छ,’ नगर शिक्षा अधिकृत विकल काफलेद्धारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण पाल्पाको रामपुरमा पनि बढ्दै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय