आँखा पाक्ने बिरामी पाल्पामा २८ सय बढी

तानसेन । पाल्पामा आँखा पाक्ने बिरामीको संख्या दुई हजार ८ सय ९६ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तर संक्रमण बढेपनि यसको रोकथामका लागि कुनै पहल भएको देखिएको छैन् । पछिल्लो समय स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको तथ्याँक अनुसार पाल्पामा आँखा पाक्ने रोगको संक्रमण तीव्र रुपमा फैलिएको देखिएको हो ।

मंगलबारसम्मको तथ्याँकमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा एक हजार ४ सय ८३, कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा एक हजार २ सय २६, पाल्पा अस्पताल तानसेनमा ९१ जना र लुम्बिनी मेडिकल कलेज प्रभासमा ९७ जना गरी जम्मा दुई हजार ८ सय ९६ जनाले उपचार गराएका स्वास्थ्य कार्यालय पाल्पाका ल्याव टेक्निसीयन अधिकृत मधुसुधन भटराईले जानकारी दिनुभयो ।

यो सरकारी स्वास्थ्य संस्थाको आधिकारीक तथ्याँक हो । जिल्लामा यस बाहेक स्वास्थ्य संस्थामा उपचार गराएका आँखाका बिरामी तर रेकर्डमा नआएका पनि धेरै नै हुनेगरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

आँखा रोगको संक्रमण दरमा वृद्धि भएपनि रोकथामका लागि स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन् । आँखा पाक्न्े रोगबाट अधिकांश विद्यालय, कलेजहरुमा अध्ययनरत विद्यालर्थीहरु बढी संक्रमित भएका छन् ।

सम्बन्धित खवर