पाल्पामा फस्टाउदै ड्र्यागन फ्रुट खेती

पाल्पा । माथागढी–१, फेदीका २७ वर्षीय मनु आलेलाई वर्षमा पाँच लाख कमाउन कुनै समस्या छैन । उँहाले ड्र्यागन फ्रुट खेती बाट राम्रो आम्दानी गरीरहनुभएको छ ।

आलेले ड्र्यागन फ्रुटको बारेमा युट्युबबाटै जानकारी लिएर अहिले पाँच सय बिरुवा लगाउनुभएको छ ।पछिल्लो समय युवापुस्ताहरु रोजगारीकै लागी विदेश जाने क्रम बढेको छ तर आलेलाई भने विदेशको दुःख सम्झदा नेपालमै ड्र्यागन खेती सगसगैँ अन्य खेती गर्ने रहर जागेको बताउनुभयो । आलेले सुरुमा खेती गर्दा पाल्पामा कसैले पनी ड्र्यागनको खेती नगरेको बताउनुभयो । उँहाले भन्नुभयो “अहिले दुई/तीन स्थानमा खेती गरेको थाहा पाएको छु ।”

ड्रयागन खेतीका लागि छोरालाई आफूले सघाउने गरेको बताउदै मनुका बुवा सोमबहादुर आलेले वर्षमा पाँच÷छ लट यसको फल निकाल्न सकिने बताउनुभयो ।

आलेको फार्ममा अहिले १२५ वटा पोलमा पाँच सयभन्दा बढी बिरुवा छन् । ड्र्यागन फ्रुटले जेठ–असारदेखि असोज–कात्तिकसम्म फल दिने गरेको छ । तराईका जिल्लामा फलेको फलभन्दा यहाँ उत्पादन गरेको फल स्वादिलो र रसिलो हुने गरेको उहाँले बताउनुभयो । सेतो दाना भएको ड्र्यागन फुट प्रतिकिलो छ सय रुपियाँ र रातो दाना भएको प्रतिकिलो साढे सात सय रुपियाँमा बिक्री भइरहेको छ ।

गत वर्ष साढे तीन लाख रुपियाँको फल बिक्री गरको र यो वर्ष पाँच लाखको ड्र्यागन फ्रुटको दाना बिक्री गर्ने लक्ष्य उहाँको छ । यस वर्ष हालसम्म तीन सय किलो ड्र्यागन फ्रुटको दाना बजारमा बिक्री गरीसकेको आलेले बताउनुभयो ।

सम्बन्धित खवर