समन्वय एकाईमा  शिक्षक महासंघको धर्ना

पाल्पा । नेपाल शिक्षक महासंघले शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएको छ ।

नेपाल सरकारले शिक्षा ऐन २०२८ लाई विस्थापित गरी नयाँ शिक्षा ऐन २०८० ल्याउन खोजेको भन्दै आफुहरुले धर्ना दिएको शिक्षक मोहन प्रसाद सापकोटाले बताउनुभयो । विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासङ्घको माग छ ।

त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी÷करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुल्ला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने माग रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय