
पाल्पा । माथागढी गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि घरघरमा गइ स्वास्थ्य सेवा दिन थालेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभएकाे छ ।
स्वास्थ्य चौकी सम्म जान नसक्ने नागरिकहरुको घरघरमै गई मधुमेह, उच्चरक्तचाप लगायत स्वास्थ्य परिक्षण र औषधी वितरण गरिँदै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसी बताउनुभयाे । उहाँका अनुसार परीक्षणका क्रममा अन्य समस्या देखिएमा उपचारका लागि समन्वय गर्नुका साथै आवश्यक औषधिहरु निःशुल्क वितरण गरिन्छ ।
औषधि उपचारको अभाव कसैलाई नहोस् भनेर यो अभियान सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले बताउनुभयाे । माथागढी गाउँपालिकाले अघिल्लो वर्ष ५० लाख रुपैंया आन्तरिक आय तर्फबाट थप ५ स्थानमा सामुदायिक स्वास्थ्य एकाईमा स्थापना गरेको थियो । स्वास्थ्य एकाई स्थापना गरेपछि अहिले सबै वडाका नागरिकलाई उपचारका लागि सहज भएको छ ।