डेंगु संक्रमण बढेपछि खोज र नष्ट अभियान

तानसेन । पाल्पामा डेंगु संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु भएको छ ।

अभियानको पहिलो चरणमा तानसेन नगरभित्र सञ्चालित ग्यारेज, कबाडी संकलन गर्ने स्थल, वर्कसपलगायतका स्थानमा स्वास्थ्यकर्मीसहितको टोली पुगेर लामखुट्टेको लार्भा भएका पानीहरु फाल्न लगाउने, सचेतना जगाउने जस्ता कार्य गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पामा यो वर्ष करिब एक सय जना डेंगुबाट संक्रमित भएका छन् । भने दुई जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

सम्बन्धित खवर