पाल्पा । रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटो बनाउन एक करोड रुपैंया बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले स्वास्थ्य केन्द्र सम्मको सहज पहुँचका लागि एक करोड रुपैंया बजेट विनियोजन गरेको हो । हार्थोक छहरा सडकखण्ड देखी करिब ११०० मिटर दुरी रहेको खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रसम्म जाने बाटो कालोपत्रे हुने भएको हो ।
रिब्दीकोट गाउँपालिका वडा नं ३ मा अवस्थित खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटोको आर्थिक बर्ष २०८०/०८१ मा कालोपत्रे सम्पन्न गर्नेगरी काम सुरु भएको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।
गाउँपालिकाले भदौको पहिलो हप्ता ठेक्का आव्हान गर्ने गरी प्राविधिक लागत सहितको स्टिमेट शुरू गरेको छ ।