
तानसेन । पाल्पामा आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको छ ।
दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको पाल्पा जिल्ला अस्पतालले जनाएको छ ।आँखा पाक्ने बिरामीको सख्ंया बढ्दै गएपछि पाल्पाका विद्यालयहरुले समेत सर्तकता अपनाउन थालेका छन् ।
आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमण सबै उमेर समुहका विद्यार्थी एव्म शिक्षकहरुलाई देखिएको तानसेन नगरपालिकाका शिक्षा अधिकृत कोपिला न्यौपानेले बताउनुभयो ।
नगरपालिका भित्रका विद्यालयमा बढिनै संक्रमण देखिएमा हिउदे विदा अथवा स्थानिय विदा कटौती गर्ने गरी विदा दिन विद्यालयलाई अनुरोध गरेको उँहाले बताउनुभयो । पाल्पाका १० वटै स्थानिय तहमा आँखा पाक्ने रोग फैलिएकाले आफु सगैँ परिवारका सबै सदस्यलाई सर्तकताको उपाय अपनाउन जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले अनुरोध गरेको छ ।
पाल्पामा आँखा पाक्ने बिरामीको संख्या दुई हजार २ सय १४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।