
पाल्पा । सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
अविरल वर्षा सँगै खसेको पहिरोका कारण आइतबार रातिदेखी अवरुद्ध राजमार्ग सोमबार विहान सञ्चालनमा आएको हो । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले बिहान ५ बजेदेखि डोजर र मेसिन लगाएर पहिरो पन्छाउने काम गरेको भए पनि दुईतर्फी सञ्चालन हुन भने अझ चार घन्टा लाग्ने छ ।