अपाङ्गता भएका नागरिकलाई घरघरमा सेवा

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरुलाई घरमा नै पुगेर सेवा दिएको छ ।

गाउँपालिकाले विभिन्न घटनाबाट अपाङ्ग भएका नागरिकहरुलाई उपयोग हुने साम्रागीहरु वितरण गर्दै आएको रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

श्रावण महिनामा वडा नंं २ देउरालीमा दुइ वटा, वडा नंं ५ कुसुमखोलामा तिन वटा, वडा नंं ६ मा दुइ वटा, वडा नंं ७ मा एक वटा र वडा नंं ८ मा एक वटा गरी नौँ वटा ह्विलचेयर वितरण गरेको छ ।

गाउँपालिका उपाध्यक्षको संयोजकत्व रहेको अपाङ्ग समन्वय समिति मार्फत गाउँपालिका भित्रका नागरिकहरुलाई सहयोग गर्ने कार्यक्रम गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर