तानसेन । पाल्पामा आँखा पाक्ने बिरामीको संख्या दुई हजार २ सय १४ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो हप्ता पाल्पामा आँखा पाक्ने रोगको संक्रमण तीव्र रुपमा फैलिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याव टेक्निसीयन अधिकृत मधुसुधन भटराईले जानकारी दिनुभयो ।
आइतबारसम्मको तथ्याँकमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा एक हजार २ सय पन्ध्र , कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आठ सय ६८, पाल्पा अस्पताल तानसेनमा ६१ जना र लुम्बिनी मेडिकल कलेज प्रभासमा ७० जना गरी जम्मा दुई हजार २ सय १४ ले उपचार गराएका छन् । यो सरकारी स्वास्थ्य संस्थाको आधिकारीक तथ्याँक हो । जिल्लामा भएका अन्य अस्पताल र स्वास्थ्य संस्थामा उपचार गराएका आँखाका बिरामी संस्था एकिन छैन् । सबै स्वास्थ्य संस्थाको रेकर्ड समावेस गर्ने हो भने अवस्था नाजुक रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
जिल्लामा आँखा रोगको संक्रमण दरमा वृद्धि भएपनि रोकथामका लागि सरोकारवाल निकायको ध्यान पुग्न सकेको छैन् । विद्यालयक, कलेजहरुमा अध्ययनरत विद्यालर्थीहरु बढी संक्रमित भएको तथ्याँक छ । अभिभावकहरुले भने स्थानीय तहले केही समय विद्यालय बन्द गरेर भएपनि संक्रमण रोकथाममा पहल गर्नुपर्ने बताएका छन् ।