नेपाल शिक्षक महासघंको पालिकामा धर्ना

पाल्पा । नेपाल शिक्षक महासघंको पालिकास्तरको धर्ना कार्यक्रम पाल्पाको १० वटै स्थानीय तहमा भएको छ ।

आन्दोलनरत शिक्षकहरुले नगरपालिका एवम गाउँपालिकामा तीन घण्टा धर्ना दिएका छन् भने मन्त्रालयसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको प्रतिलिपि सबै पालिकालाई बुझाएका छन् ।

नेपाल सरकारले शिक्षा ऐन २०२८ लाई विस्थापित गरी नयाँ शिक्षा ऐन २०८० ल्याउन खोजेको भन्दै शिक्षकहरुले धर्ना दिएका हुन् ।
सरकारले महासघं सगँं गरेको सम्झौताहरु उपेक्षा गरी नयाँ शिक्षा ऐन ल्याउन खोजेको तानसेन नगरपालिका शिक्षा महासघंका अध्यक्ष नारायण प्रसाद नेपालले बताउनुभयो ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशैभरि विरोधको आयोजना गरिएको हो । महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको छ ।

विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासङ्घको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी/करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुल्ला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने माग रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय